कोहलपुरमा उपचाररत कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृतक पुरुषको ठेगाना अर्घाखाँची जिल्ला रहेको छ । यो सँगै बाहिर जिल्लाबाट आएर यहाँ उपचाररत गम्भिर खालका कोरोना संक्रमित तीन जना विरामीको मृत्यु भइसकेको छ ।

मृतक पुरुष ४२ वर्षका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २३ गते मंगलबार