ऋणीहरुको ३ महिनाको ब्याज मिनाहा



कोहलपुर ।

कोरोनाको कहरमा परेका सदस्यहरुलाई यहाँको एक सहकारीले ३ महिनाको ब्याज मिनाहा गरिदिएको छ । कोरोना कहरका कारण लामो समय सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण समस्यामा परेका सदस्यहरुलाई सहकारीले ब्याज मिनाहा गरिदिएको हो ।

कोहलपुरमा रहेको नयाँ नेपाल जडिबुटीले सहकारीले विभिन्न व्यवसायका लागि ऋण लिएकाहरुको ब्याज मिनाहा गरिदिएको सहकारीका अध्यक्ष विजय काफ्लेले बताए । उनका अनुसार ऋण लिएका र एक वर्ष म्याद नाघेको दर्जनौ सदस्यहरुको ब्याज मिनाहा गरिएको हो । हाल उक्त सहकारीमा कुल ७ सय सेयर सदस्य छन् ।

सहकारीले कृषक, साना तथा मझौला व्यापारी लक्षित कार्यक्रम हुँदै सञ्चालन हुँदै आएका छन् । ‘कोरोनाले निकै समस्या उत्पन्न गरेको छ । विषम परिस्थितिको मध्यनजर गर्दै सहकारीले निर्णय गरेको हो’ उनले भने, ‘अन्य सदस्यहरुलाई २१ दिनभित्र विशेष शौलियतमा दिइएकोले ब्याज बुझाउन आग्रह गर्दछु ।’

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २३ गते मंगलबार