मधुर पौडेल । बर्दिया ।
बर्दियाको बाँसगढीमा शनिबार बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कोरोना महामारीको बेला रगतको अभाव पूर्ती गर्नको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । बाँसगढी युवा सरोकार समितिको आयोजना, नेपाल रेडक्रस सोसाईटी उप–शाखा बाँसगढीको प्राविधिक सहयोग र बाँसगढी नगरपालिकाको संरक्षणमा रक्तदान कार्यक्रम गरिएको थियो ।
बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले कोरोना महामारीको बेला गरेको रक्तदान कार्यक्रमले रगतको अभाव टार्न ठूलो सहयोग पु¥याउने बताए । ‘कोरोना महामारीका कारण यस्ता रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव देखिन थालेको छ’ उनले भने, ‘यो कार्यक्रमले केही भएपनि बर्दिया जिल्लामा रगतको अभाव टार्न केही भएपनि सहयोग गर्नेछ ।’
सरोकार समितिले गर्ने यस्ता खाले सामाजिक काममा आफू प्रतिबद्ध रहने बताउँदै नगर प्रमुख अधिकारीले आगामी दिनहरुमा समेत बाँसगढीको विकासको लागि सामाजिक काममा सबैसँग हातेमालो गरेर अगाडि बढ्न सुझाव समेत दिए ।
रक्तदानमा कार्यक्रममा ४० प्वाईन्ट रगत संकलन भएको बाँसगढी युवा सरोकार समितिका संयोजक रेशम अधिकारीले जानकारी दिए । ‘महामारीको बेला रगतको अभाव हुन नदिनको लागि ५८ औं रेडक्रस दिवसको अवसर पारेर कार्यक्रम गरेका थियौं’ उनले भने, ‘रक्तदान कार्यक्रममा युवाको उत्साहजनक उपस्थिती रह्यो ।’
कार्यक्रममा नगर उप–प्रमुख सुष्मा चौधरी, नेकपा बर्दियाका जिल्ला अध्यक्ष भुवन कुमार थारु, बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारु, समाजसेवी खड्क बहादुर खड्का, नेपाल रेडक्रस सोसाईटी उपशाखा बाँसगढीका सभापति गोविन्द्र प्रसाद रेग्मी लगायतको सहभागिता रहेको सरोकार समितिका महासचिव सन्तोष बाँस्तोलाले गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्