कोहलपुर ः बाँकेमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ ।
फाइल फोटो फोटो : मिसन
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ का ५९ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । बाँकेमा यसअघि कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ ।
उनी बाँकेमा कोरोनाका कारण मृत्यु हुने सातौ व्यक्ति तथा चौथो पुरुष हुन् ।
यस अघि कोरोना संक्रमणका कारण ३÷३ जना महिला पुरुषको मृत्यु भएको थियो ।
ती पुरुषमा मुटुको रक्तनली बन्द हुने समस्या रहेको । स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।
कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी २०७७ भाद्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएको तीनदिन पछि भाद्र १८ गते अस्पताल भर्ना भएका थिए ।
उनको आइतबार साँझ ८ ः १५ बजेतिर मृत्यु भएको जानकारी दिए । उनी नेपालगञ्ज उपमआनगरपालिकामा जिन्सी शाखामा कार्यरत थिए ।











प्रतिक्रिया दिनुहोस्