14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

बर्दियामा एकै परिवारका ४ सहित ६ जनामा कोरोना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २०, २०७७  

सुदीप अधिकारी । बर्दिया ।

बर्दियामा एकै परिवारका ४ जनासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रवार बारबर्दिया नगरपालिकाका एकै परिवारका ४ जना गरि ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

केही दिन अघि एक जना शैलुन व्यवसायीलाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका परिवार र शैलुनमा कपाल कटाउन आएका व्यक्तिको पीसीआर परीक्षण गर्दा बारबर्दिया नगरपालिका वडा नं ६ का ४ जना शैलुन व्यवसायीकै परिवार र कपाल कटाउन आएकामध्ये सोही वडाका २ जनाका कोरोना संक्रमण देखिएको बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक गोविन्द पौडेलले बताए ।

यो सँगै बर्दियामा कोरोना संक्रमितको संख्या ३ सय ५७ जना पुगेको छ ।

प्रकाशित मितिः शनिबार, भदौ २०, २०७७     11:38:24 AM  |