बाँकेका २४ सहित ३३ जनामा कोरोना पुष्टि



बाँकेमा मंगलबार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँकेका २४ जनासहित ३३ जनामा संक्रमण देखिएको हो ।

संक्रमण देखिएका बाँकेका २४ जनामध्ये प्रहरी, पत्रकार, बैकर्स र स्वास्थ्यकर्मी समेत रहेका छन् । यस्तै बर्दियाका ४ र दांगका ५ जनामा समेत संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८१ वटा नमुना परीक्षण गर्दा ३३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेका २४ संक्रमितमध्ये पुरुष १५ महिला ९ जना छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १६ गते मंगलबार