अस्पतालमा कार्यरत ९ जना कर्मचारीमा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल सिल



दाङ ।

दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत २ जना डाक्टरसहित ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।

राप्ती प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा २ जना डाक्टर, २ जना नर्स, ३ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका कोभिड(१९ फोकल पर्सन बिमल केसीकाअनुसार गएको बिहीबार अस्पतालमा कार्यरत ५० जनाको स्वाब संकलन गरिएको थियो ।

ठूलो संख्यामा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी गरेको अस्पतालका निमित्त प्रमुख डाक्टर पदमराज अधिकारीले जानकारी दिए । -ujyaaloonline

 

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १४ गते आइतबार