बाँकेमा हालसम्म ७०३ जना कोरोनामुक्त



कोहलपुर ।

बाँकेमा हालसम्म कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ७ सय ३ पुगेको छ । शनिबार आज थप १० जना संक्रमित निको भएर डिष्चार्ज भएसंगै घर फर्कनेको संख्या ७ सय ३ पुगेको हो ।

आज होटल सिटी प्यालेसबाट आइसोलेसनबाट ४ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट २ जना, होटल इन्द्रेणीबाट २ तथा चिसापानी आइसोलेसन र आदर्शनगर आइसोलेसन नेपालगन्जबाट १/१ जना निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

अब आइसोलेसनमा बाँकेका २ सय ६६ र अन्य जिल्लाका १ जना गरी २ सय ६७ जना छन् । बाँकेमा हालसम्म ९ सय ७५ जनामा कोरोना पुष्टि हुँदा ६ जनाको भने मृत्यु भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १३ गते शनिबार