कोरोना अपडेट : कोहलपुरका ५१ संक्रमित कौशिलानगर ब्यारेकका सेना



कोहलपुर :

बाँकेमा बुधबार थपिएका कुल संक्रमित ६७ जना संक्रमित मध्ये ५१ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अघि कोहलपुरका भनिएका ५१ संक्रमित कोहलपुर नगरपालिकाका नागरिक होइनन् । उनीहरु कोहलपुर १ मा रहेको कौशिलानगरका नेपाली सेना हुन् ।

कोहलपुर नगरस्वास्थ्य प्रमुख डिल्लीराज पोखरेलका अनुसार उनीहरु सबै नेपाली सेना नै हुन् ।

उनले कोहलपुरका स्थानीय भने नभएको बताए ।

बुधबार सामाजिम सञ्जाल फेसबुकमा बाँकेका प्रमुख जिल्ला अधकिारीले ५१ जना कोहलपुरका संक्रमित भएको बताएका थिए । उनीहरु सबै नेपाली सेना हुन्, सर्वसाधारण होइन् ।

बुधबार मात्रै नेपालगञ्जका १५ र बैजनाथका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १० गते बुधबार