कोहलपुर :
बाँकेमा बुधबार ठूलो सख्यामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेका तीन पालिकामा एकैदिन कुल ६७ जनामा कोरोना पुष्टि भएको हो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगकले दिएका जानकारी अनुसार कोहलपुर नगरपालिका मात्रै ५१ जनामा कोरोनो संक्रमण पुष्टि भएको हो ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका १५ र बैजनाथ गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो अहिले सम्म कै सबै बढि संक्रमण हो ।
प्रजिअ कुरुम्वांगले सबैलाई सुरक्षित हुन आग्रह गरेका छन् । यसको विस्तृत जानकारी आउन बाँकी छ ।
प्रकाशित मिति : २०७७ भदौ १० गते बुधबार
प्रतिक्रिया दिनुहोस्