प्रविनलाई जिताउन युवा सक्रिय



मधुर पौडेल । बर्दिया ।

नेपालको लोकप्रिय गायन रियालिटि शो नेपाल आइडल सिजन– ३ का फाइनलिष्ट मध्येका एक बर्दियाका प्रविन बेडवाललाई जिताउन बाँसगढीका युवा सक्रिय भएका छन् ।

बाँसगढी युवा सरोकार समिति बर्दिया र भावी डान्स स्टुडियोको आयोजनामा सोमवारदेखि प्रविनलाई जिताउन भोट गर्न अपिल गर्दै बाँसगढीका युवा सक्रिय भएका हुन् ।

बर्दियाका सान भन्ने मुल नारासहित उनलाई जिताउन अभियान नै थालिएको समितिका संयोजक तथा युवा नेता रेशम अधिकारीले बताए । उनका अनुसार प्रविनलाई सिजन– ३ को टाइटल विजेता बनाउनको लागि भोट गर्न अपिल गरिएको हो ।

नेपाल आइडल सिजन ३ को फाइनलमा प्रविनसँगै सज्जा चौलागाई र किरणकुमार भुजेल पनि पुगेका छन् । सिजन– ३ को फाइनलको लागि भाद्र १२ गते भोट गर्न पाइने उनले जानकारी दिए ।

‘प्रविन सिजन–३ का बलिया प्रतिष्पर्धी हुन्, उनको जित नै बर्दियाको जित हो । त्यसैले प्रविनलाई जित्नको लागि धेरै भोटको खाँचो छ । सबैलाई भोट गर्न अपिल गर्दछु’ उनले भने । सामाजसेवी बिनोद परियार ,देवि अधिकारी ,मिलन पुन लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ९ गते मंगलबार