कर्णालीका बिहिबार ३३ जनामा संक्रमण



सुर्खेत ।
कर्णाली प्रदेशमा बिहिबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पतात÷पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल दैलेख मा गरिएको परिक्षण मा थप ३३ जनामा कोरोना पुष्टि भएको हो ।
सुर्खेत मा गरिएको परिक्षण मा सुर्खेत का एक जना, दैलेख का सात जना, बारा का दुई जना, बाके र पर्सा का तीन–तीन गरि ६ जना त्यस्तै कालिकोट, जाजरकोट, रुकुमपश्चिम, अछाम, महोत्तरी र काठमाण्डौ का एक–एक जना गरि २२ जनामा कोरोना संक्रमण पुष्टि कर्णाली प्रदेश अतन्रर्गत सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

साथै दैलेख अस्पताल दैलेख मा भएको सामाजिक बिकास मन्त्रालय अन्त गरिएको परिक्षण मा नारायण नगरपालिका का ११ जनामा कोरोना पुष्टि भएको ।

पछिल्लो २४ घण्टा मा सातसय २० जना को कोरोना परिक्षण गरिएको मा ६ सय ८५ जना को कोरोना रिपोर्ट नेगेटिभ आएको हो । भने दुई जना पुरानै केश को रिपोर्ट पोजेटिभ आएको छ । यो सङ्गै कर्णाली प्रदेश मा कोरोना सङ्क्रमित को जम्मा संख्या दुई हजार एकसय ६३ पुगेको छ ।

पछिल्लो २४ घण्टा मा कर्णाली प्रदेश मा कोरोना निको भइ १३ जना डिस्चार्ज भएका छन र हाल सम्म कोरोना निको भइ डिस्चार्ज हुने को संख्या एक हजार नौंसय ४५ रहेको छ ।

साथै प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको छ । भने कणालीका विभिन्न आइसोलेसन मा रहेका तथा रहने क्रम मा रहेका कोभिड १९ का सक्रिय बिरामी को संख्या दुइसय १२ रहेको छ ।

कर्णाली प्रदेश मा हाल सम्म ४९ हजार ८ सय ३२ जना को पिसिआर परिक्षण भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ४ गते बिहीबार