बाँकेमा कोरोना कहर : बिहिबार २८ जना डिस्चार्ज हुँदै



कोहलपुर  :
दैनिक कारोोना संक्रमित बढिरहेको बाँकेमा डिस्जार्च हुनेको संख्या समेत दिनप्रतिदिन बढदो क्रममा छ । बाँकेमा दैनिक कोरोना जितेर घर जानेहरुको समेत संख्या उल्लेख रुपमा बढ्दै गएको हो ।

बिहिबार बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट २८ जना डिस्चार्ज हुँदैछन ।

 

स्वास्थ्य कार्यालय बाँकेका अनुसार १२ महिला र १६ जना पुरुष कोरोनामुक्त भएका हुन । कोरोना फोकल पर्सन नरेश श्रेष्ठले एकैदिन ठूलो संख्यामा संक्रमित कोरोना मुक्त हुन लागेका हुन् ।

डिस्चार्ज हुनेहरु अधिकाशं नेपालगन्जका रहेको उनको भनाइ छ । यो सँगै बाँकेमा कोरोना जित्नेको संख्या ४९६ पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ४ गते बिहीबार