कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० र ११ का युवाले सांसदसँग गाउँ तथा टोल विकासको लागि योजना माग गरेका छन् । वडामा भएका समस्या, ढलनिकास तथा कालोपत्रे सडकाका लागि सांसदसँग योजना माग गरेका हुन् । मंगलबार कोहलपुर नगरपालिका वडा नम्बर १० र ११ का यूवाहरुले बाँके क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वर गहतराज ‘अथक’ लाई आफ्नो वडामा बोलाएर स्थलगत अनुगमन समेत गराएका थिए ।
सोही अवसरमा त्यहाँका युवाहरुले विभिन्न चार वटा योजना माग गरेको त्यहाँका युवाहरुले बताएका छन् । कोहलपुर नगरपालिका १० का यूवा तथा राष्ट्रिय युवा संघ बाँकेका सह—संयोजक आकाश कार्कीले वडा १० र ११ का चार वटा मुख्य योजनाहरु माग गरिएको बताए । एकतानगर, कालिकानगर, मन्नापुर, चटार लगायतका क्षेत्रमा यूवाहरुलाई केन्द्रित गरेर योजना माग गरिएको बताए । ‘ढल निकास, सडक कालोपत्रे र नाली र कल्भर्ड निर्माणको लागि योजना माग गरेका छौ । उहाँले सबै क्षेत्रमा आफै पुगेर भ्रमण समेत गर्नु भएको छ । योजना पाउनेमा आशाबादी छौ ।’ उनले भने ।
ढल निकास नहुँदा हरेक वर्षमा आउने ढुढुवा खोलाको पानीले खेतीयोग्य जमिन कटान र कच्ची सडकहरुमा आवातजावत हुन समस्या हुने गरेको उनको भनाइ छ । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १० का नेपाल कम्प्यूनिष्ट पार्टीका अध्यक्ष मकर रोकायले नाली निर्माणका साथै सडक कालोपत्रेका लागि घरदैलोमा बोलाएर योजना माग गरिएको मिसन टुडेलाई जानकारी दिए । वडामा कालोपत्रे सडक अभाव रहेको समेत उनले जानकारी दिए । सोही कारण वर्षेनी वर्षातको समयमा निकै समस्या हुने गरेको छ ।
केन्द्रिय तहबाट नै यसलाई पहल गरी निर्माणधिन योजनाहरुको समेत सांसद अथकले अनुगमन अनुगमन गरेका थिए । यस्तै अर्को स्थानीय युवा लक्ष्मी प्रसाद आचार्यले वडा नम्बर १० र ११ मा भएका समस्याहरु सांसद अथकलाई सुनाउँनुका साथै अगुमन गराइएको बताए । ती यूवाहरुले कालिकानगरदेखि बागेश्वरी क्याम्पसको पूर्वगेट र वडा नम्बर १० कार्यालयको अगाडि रहेको सडक स्तरोन्नतीको माग गरेका छन् ।
यस्तै बागेश्वरी क्याम्पस पछाडि रहेको सडकको नाला निर्माण, इलाका प्रहरी कार्यालयदेखि साझाचोक र ज्ञानज्योति माध्यामिक विद्यालय क्षेत्रमा ढल निकास र साझाचोक देखि कालिकानगर जाने बाटो स्तरोन्नती गर्ने जस्ता योजना माग गरिएको हो । यस्तै प्रत्यक्ष रुपमा अनुगमन पश्चात क्षेत्र नम्बर १ बाँकेका संघीय सांसद महेश्वर गहतराज ‘अथक’ ले यूवाहरुको मागलाई प्राथामिकताका साथ लिएको बताएका छन्् । उनका अनुसार अब युवा पुस्ताका विषयहरुलाई सधै प्राथामिकतामा राख्ने बताइएको छ । ‘उहाँहरुले योजना माग गर्नु भएको छ । म ती योजनाहरुको कुनै न कुनै शिर्षकमार्फत हाल्ने प्रयास गर्नेछु । मेरो तर्फबाट आवश्यक सहयोग म गर्नेछु ।’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्