कोहलपुरका चार वटै नाकामा सेना परिचालन



कोहलपुर  :
बाँकेको कोहलपुर नगरपालिकाका चार वटै नाकामा सेना परिचालन गरिएको छ ।

प्रत्येक दिन समुदाय स्तर मै कोरोना देखिन थालेसँगै सबै सेवा बन्द गरेर सेना परिचालन गरिएको हो ।

साउन ३१ गते नगरपालिकामा बसेको सर्बदलीय बैठकले भाद्र २५ गते सम्म नगरपालिकाका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार सोमबार देखि बन्दलाई थप कडाई गरिएको हो ।

आवातजावत पूर्ण रुपमा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख लुट बहादुर रावतले समुदाय स्तर मै कोरोना देखिन थालेपछि बन्द कडाई गर्नको लागि सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १ गते सोमबार