कोहलपुर ः
बाँकेमा आइतबार थप २० जनामा कोरोना पुष्टि भएको छ ।
दैनिक जसो कोरोना संक्रमित थपिरहेको बाँकेमा पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमण पुष्टि भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगका अनुसार बाँकेमा थप २० जनामा कोरोना पुष्टि भएको हो ।
उनले समुदाय स्तर मै कोरोना संक्रमण पुष्टि भइरहेकोले सर्तक रहन जिल्लाबासीलाई आग्रह गरेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेले कोहलपुर नगरपालिका वडा नम्बर ११ का एक, खजुरा गाउँपालिका ६ का १ जना र ग्लोलब बैंकका ३ जनामा कोरोना पुष्टि भएको हो । कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सशस्त्र गुल्म ४२ का १५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतबार











प्रतिक्रिया दिनुहोस्