25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

बाँकेमा आइसोलेसनको नाममा होटलले लिएको चर्को मुल्यप्रति गम्भिर ध्यानाकर्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन २८, २०७७  

कोहलपुर ।

बाँकेमा रहेको तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) द्वारा बाँके जिल्लामा सञ्चालनमा रहेका आइसोलेसनहरुले चर्को मुल्य लिएको प्रति गम्भिर ध्यानाकषर्ण गराएको छ । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सले एक विज्ञप्ति जारी गर्दै होटलले विरामीहरुबाट चर्को रुपमा रकम असुली गरिरहेको पाइएकोले थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण गराएको हो।

संक्रमितहरुको संख्या बृद्धि हुने क्रममा आईसोलेसन थप गर्ने निर्णय स्वागत योग्य छ । होटलले आईसोलेसन बनाउनलाई तयार हुनु सकारत्मक पक्ष हो तर आइसोलेसन सेन्टरमा वस्ने संक्रमितको उपचार तथा अन्य सुविधा प्रदान गर्नु सरकारको दायित्वभित्र परेपनि आइसोलेसन सेन्टरको रुपमा परिणत भएको नेपालगंजको एक बनाएर होटलले चर्को मुल्य लिएको प्रति हाम्रो गम्भिर ध्यानकषर्ण गराएको विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

यस्तै कोहलपुरमा रहेको मेडिकल कलेजमा बनाइएको आइसोलेसन वार्डमा रहेका कोरोना भाइरस संक्रमितले वार्डमा खाना, पानी, फोन सुविधा तथा स्वास्थ्यकर्मीको उचित प्रवन्ध नरहेको भन्दै अन्यत्र राख्न माग गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेको होटेलहरुलाई आइसोलेनमा परिणत गरिएको थियो ।

साथै सरकारको प्रत्यक्ष निगरानीमा रहेका आईसोलेसनहरुलाई थप व्यवस्थित बनाई होटलमा बस्ने वातावरण सृजना हुन नदिनतर्फ ध्यान केन्द्रीत गर्दै पिसिआर परिक्षणको दायरा बढाउन जरुरी रहेको विज्ञप्तीमा उल्लेख छ । संक्रमित व्यक्तिसंग नियम विपरीत रकम असुल उपर गर्नु प्रचलित कानून र सरकारको मापदण्ड विपरित भएकोले यस्तो कार्य नगर्न नगराउन थर्ड एलायन्सले सम्वन्धित जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मितिः बुधबार, साउन २८, २०७७     1:47:48 PM  |