कौसिल्या अस्पतालका अत्यावश्यक बाहेकका सबै सेवा बन्द



कोहलपुर/   बाँकेको कोहलपुरमा सञ्चालित कौसिल्या अस्पताल प्रा.लि.ले प्रदान गर्दै आइरहेका अत्यावश्यक (इमर्जेन्सी) बाहेकका सबै सेवाहरु बन्द गरेको छ । सोमबार आज एक सूचना जारी गर्दै अस्पतालले प्रदान गर्दै आइरहेका अत्यावश्यक बाहेक सबै सेवाहरु अर्को सूचना नअनएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप संक्रमण थप फैलिन सक्ने जोखिमर्ला मध्यनजर गर्दै अत्यावश्यक बोहकका सेवाहरु बन्द गरिएको अस्पताल प्रशासन प्रमुख शंकर न्यौपानेले जानकारी दिए । सूचनामा भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व थलिएको अवस्थामा नेपाल पनि अछुतो नरहेको सबैलाई अवगत नै छ ।

केहिदिन यता बाँके जिल्लामा यो महामारी द्रुत बढिरहेकोले स्थानीय प्रशासनले निषेधाज्ञा गरिरहेको छ । त्यसलाई मध्यनजर गर्दै यस कौसिल्या अस्पताल प्रा.लि.कोहलपुर बाँकेबाट प्रदान गरिने सवाहरुमा इमर्जेन्सी बाहेकका सबै सेवा अर्को सूचना जारी नहुन्जेल सम्मका लागि सेवाहरु बन्द रहने ब्यहोरा जानकारी गराउँदछौँ । विरामीहरुमा पर्न गएको असुविधाप्रति अस्पताल प्रशासन क्षमा प्रार्थी छ ।’

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २६ गते सोमबार