पत्रकारद्वयमाथि भएको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिको गम्भीर ध्यानाकर्षण



कोहलपुर ।

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डे र लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख भगवती पाण्डेमाथि भएको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिको गम्भीर ध्यानाकर्षण गराएको छ । साउन १९ गते समाचार संकलनका क्रममा पूर्व–पश्चिम राजमार्गको सालझण्डी बजारमा अख्तियार कार्यालय बुटवलबाट खटिएका सादा पोसाकमा रहेका प्रहरीले पत्रकारद्वयमाथि आक्रमण गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।

अख्तियार कार्यालय बुटवलबाट खटिएका सादा पोसाकमा रहेका प्रहरीले सवारी साधनको जाँच गरिरहेको तस्वीर लिने क्रममा प्रहरी निरीक्षक पाण्डे सहितका प्रहरीले पत्रकार भगवती पाण्डेको क्यामेरा खोस्नुका साथै सोही विषयलाई लिएर झगडा गर्दै पत्रकारद्वयमाथि दुव्र्यवहारका साथ आक्रमण प्रयाससमेत गरेका थिए ।

नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेका पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनाउनुको साटो प्रहरीको जिम्मेवार अधिकृतबाट भएको यो अराजक हर्कत आपत्तिजन हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ समितिले विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

कानून कार्यान्वयन गर्ने निकायबाटै भएको यो घटना पत्रकार माथिको आक्रमण मात्रै नभई जनताको सूसुचित हुने अधिकारमाथिको हमला हो । यो घटनाले प्रेस स्वतन्त्रताप्रतिको आस्थामाथि गम्भीर चोट पुगेको नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ समितिका महासचिव भेषराज बस्नेतको हस्ताक्षर गरीएको विज्ञेप्तीमा उल्लेख गरेको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश ५ समिति प्रेसमाथि गरिएको यो ज्यादतीको घोर भत्र्सना गर्दै पीडित पत्रकारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्दै आगामी दिनमा यस्ता कार्य नदोहो¥याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ समितिका महासचिव भेषराज बस्नेत को हस्ताक्षरीत विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २१ गते बुधबार