नेपालगञ्ज उपमहानगरपालिका अनिश्तिकालका लागि ‘सिल’



नेपालगञ्ज ।

कर्मचारी र जनप्रतिनिधिहरमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि ‘सिल’ ’ गरिएको छ । उपमहानगरपालिका एक जना वडाअध्यक्ष, दुई जना वडा सचिब र पाँच जना कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको हो ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले एकै पटक धेरै जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय अनिश्चितकालीन ‘सिल’ गरिएको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन १९ गते सोमबार