कोहलपुर ।
इन्सेफ्लाइटिस रोगका कारण मस्तिष्क पक्षघात भएर १८ दिन यता बेहोस अवस्थामा काठमाडांैमा उपचार गराइरहेका कोहलपुर–११ का समर विकको उपचारको लागि सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग संकलनको लागि समिति गठन गरिएको छ । गत असार २९ गते एक्कासी बेहोस भएपछि कोहलपुर हुँदै हाल ग्राण्डी अस्पतालमा उपचार गराइरहेका विकको उपचारको लागि सहयोग पुगोस् भन्नको लागि सूर्य बहादु रोकायको संयोजकत्वमा एक सहयोग समिति गठन गरिएको हो ।
समितिको कोषाध्यक्षमा प्रमिला शाही, सदस्यहरुमा संजीव पंगेनी, दीक्षा बि.सी., शंकर असान्त, खेमराज शर्मा, नमिता बराल, सुशीला शाही, पद्मा विक र देविलाल वि.क. रहेका छन् । संयोजक रोकायले समरको आर्थिक अवस्था नाजुक रहेको र उनको उपचारमा धेरै पैसा आवश्यक रहेकोले मानवीय धर्मका नाताले उपचारमा सहयोग होस् भन्नको लागि समिति नै गठन गरेको बताए । उनका अनुसार यो अभियान विशुद्ध रुपमा लामो समयदेखि बेहोस अवस्थामा उपचाररत समरको उपचारमा सहयोग गर्नको गठन गरिएको हो । ‘१० वर्षको बालक अहिले जीवन र मृत्युको दोसादमा छन् ।
उनलाई सबै सहयोगी मनहरुको सहयोगको खाँचो छ । सबैलाई एक छाक नास्ता घटाएर सहयोग गरिदिन आग्रह गर्न चाहन्छु ।’ संयोजक रोकायले भने । यता हाल समरको उपचारको लागि काठमाडौमा रहेका समरका बुबा दिपक विश्वकर्माले हालसम्म २३ लाख रुपैयाँ उपचारमा खर्च भइसकेको बताए । समरको अझै होस् खुल्न सकेको छैन । डाक्टरको भनाइ अनुसार उनलाई पक्षघात भएको हुनसक्छ ।
यता उनको उपचारको लागि शोभा रुचालले नगद १० हजार ७ सय २५ हजार सहयोग गरेको सहयोग समितिले जनाएको छ । उनको उपचारको लागि सहयोग गर्न चाहनेहरुले संयोजक रोकाय र समरकी आमा यमकुमारी विकको नाममा प्रभु बैंक कोहलपुर शाखामा रहेको खाता नम्बर ०९४०१५२७०६३०००१२ मा सहयोग गर्न सक्नेछन् । थप जानकारीका लागि ग्राण्डी हस्पिटल काठमाडौमा समरको कुरुवाको रुपमा रहेका बुवा दिपक बि.क. काे सम्पर्क नम्बर ९८४९८९७८७० र समरको ठुलो बुवा नर बहादुर बि.क. ९८६४८७७३९३ काे नम्बरमा फोन सम्पर्क गरि बिरामी समरको बिस्तृत जानकारी लिई सहयोग गर्न सक्नुहुन्छ ।









प्रतिक्रिया दिनुहोस्