कोहलपुर ः
स्थानीय प्रशासनले बाँकेमा फेरि लकडाउन गर्ने भएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहिबार बसेको आकास्मिक बैठकले आगामी आइतवारदेखि फेरि लकडाउन गर्ने निर्णय गरेको हो ।
नेपालगञ्जका विभिन्न वडा तथा आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर्मचारी गरी एकै दिन ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संकट व्यवस्थापन केन्द्रका आकस्मिक बैठक बसेको छ । आइतबार देखि बाँकेमा तीन दिन पूर्ण रुपमा निषेधाज्ञा जारी गरिने निर्णय भएको छ ।
बाँकेमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न लागेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।
बिहिबार एकैदिन २७ जना संक्रमित थपिएसँगै स्थानीय प्रशासन समुदायस्तरमै कोरोना फैलिएको निष्कर्षसहित फेरि लकडाउन गरेर कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा जुटेको हो।
सरकारले लकडाउन खुल्ला गरेसँगै बाँकेमा मानिसहरुको ठूलो भीडभाड देखिन थालेको थियो । यो सँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्