कोहलपुर :
बाँकेमा एकैदिन २७ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्लाको आन्तरिक राजस्व कार्यालयका ११ जना कर्मचारी र थप १६ जना गरी २७ जनामा कोरोना संक्रमण देखिएको हो ।
भेरी अस्पतालका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको १०, ११, १३ र १९ वडाका ५ जना महिला सहित ११ जना पुरुषमा संक्रमण देखिएको हो ।
पछिल्लो ७२ घण्टामा १ हजार ८८ जनाको स्वाव परिक्षण गरीएकोमा ३६ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
अन्य भने कर्णाली र सुदुरपश्चिम प्रदेशका हुन् ।
प्रकाशित मिति : २०७७ साउन १५ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्