काेहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा ९ स्थित भक्ता खोलाको कटानलाई रोक्ने पहल गर्नका लागि सांसद महेश्वर गहतराज (अथक) सहितको टोलिले स्थलगत निरक्षण गरेको छ ।
अवलोकनपछि साँसद अथकले विभिन्न क्षेत्रमा समन्वय गरी डुवान र कटान रोक्न पहल चाल्ने प्रतिबद्धता व्यक्त गरे । भक्ता खोला र चुके नालाको कटान र डुवान रोक्नका लागि स्थानीय वासिन्दसँग अन्र्तक्रिया समेत गरिएको थियो । सो क्रममा स्थानियले भक्ता खोलालाई डाईर्भसन गरि रिम्ना खोला र चुके नालालाई डाईभर्सन गरि बांगेसाल खोलामा झार्न सुझाव दिएका थिए ।
स्थानीयका अनुसार खोला र नालाले वर्षेनी १० औं विगाह खेतियोग्य जमिन कटान तथा डुवान गर्ने गरेको स्थानियको भनाई रहेको छ । उक्त टोलीले उद्यन बुच्चापुर सिचाई आयोजनाको फुटेको बाँधको समेत स्थलगत निरक्षण गरेका थियो ।
बाँके राष्ट्रिय निकुञ्ज एरिया भित्र पर्ने भएकाले वन मन्त्रालयसँग समन्वय गरेर काम गर्ने सांसद अथकले जानकारी दिए । सांसद अथक, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ , बाँकेका प्रहरी प्रमुख ओम बहादुर राना, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भटराई , शसस्त्र प्रहरी प्रमुख दिपक अधिकारी , नेपाल सेनाका कर्णेल सहितको स्थानीय जनप्रतिनिधीको टोलिले कटानको स्थलगत अवलोकन गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्