काेहलपुर ।
सुप्रिसिद्ध गायक, संगितकार तथा साहित्यकार प्रेमप्रकाश मल्ल ‘महेन्द्र मधुकर’ को ८५ औ जन्मजयन्तीको अवसरमा मिसन टुडे राष्ट्रिय दैनिकका साहित्य सम्पादक महानन्द ढकाल सम्मानित भएका छन् । आइतबार भेरी साहित्य समाज केन्द्रिय समितिद्वारा आयोजना गरेको पुरस्कार, सम्मान तथा बहुभाषिक कवि समारोहमा मिसन टुडे राष्ट्रिय दैनिकका साहित्य सम्पादक महानन्द ढकाल सम्मानित भएका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले ढकाललाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरेका हुन् । रुकुम जिल्लाको मुसिकोट, शेरीगाउँमा जन्मिएका मल्लको २०७२ साल बैशाख ११ गते निधन भएको थियो । भेरी साहित्य समाजद्वारा स्थापित प्रेमप्रकाश मल्ल स्मृति कोषबाट हरेक वर्षमा विभिन्न साहित्य क्षेत्रबाट योग्दान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिएदै आएकोमा यो वर्ष कलाकार श्यामनन्द सिहंलाई २५००० पच्चीस हजार रासी सहित सम्मान गरिएको हो ।
लक्षिमा शेर बहादुर पुरस्कारबाट सम्मानित हुनेमा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपती, लेखक भूपेन्द्र प्रकाश शर्मा, भिम वली एवम् साहित्यकार गणेश जिसी तिमिल्सिना वाङ्मयबाट सम्मानित भएका छन् । सोही कार्यक्रममा प्राडा गोपालप्रसाद अधिकारीको समालोचनाको यात्रा, कथाकार शशिराम कार्कीको कथा संग्रह मन्दाकिनी र मिना बरालको कविता संग्रह मनका छालहरु विमोचन गरिएको थियोे ।









प्रतिक्रिया दिनुहोस्