१६ लाख रकमसहित कम्प्यूटर अपरेटर पक्राउ



बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा अख्तियारले छापा मारेर कमिसन वापतको रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

अख्तियारको सम्पर्क कार्यालयले बिहीवार छापा मारेर अस्पताका कम्प्यूटर अपरेटर अरुणराज खनाललाई कमिसन वापतको १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

अख्तियार नेपालगञ्जका प्रमुख गणेश गैरेले स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जानकारी दिए ।

विभिन्न पाटीबाट सामान खरिद वापतको कमिसन रकम बुझेको केही समयमा नै उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार नेपालगञ्जले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ८ गते बिहीबार