कोहलपुर ।
भूमिगत अवस्थामा रहेको नेकपा विप्लप समूहको थारुवान स्वाय जनपरिषद् नेपालले कोहलपुर नगरपालिका वडा नं. ४ को भुमाफियाद्धारा विभिन्न चलखेल गरि सरकारी जमिनलाई व्यक्तिका नाममा गराएकाे भन्दै आफ्नो नियन्त्रणमा लिएको छ । शनिवार रातीदेखी आफ्नो सत्ताको केन्द्रिय निति अनुसार नै उक्त सार्वजनिक जग्गा जनसत्ताको नियन्त्रणमा लिएको जनाएको छ ।
२०७७ श्रावण ४ गते उक्त जग्गामा जिल्ला जनपरिषद बाँकेको बोर्ड र लाल झण्डा सहित उक्त जग्गा जनपरिषद्को कब्जामा रहेको जनाएको छ । विप्लप समूहको थारुवान स्वाय प्रदेश जनपरिषद नेपाल बाँकेलेका प्रमुख परिर्वतनले ६ विघा जग्गा सार्वजनिक हुनुपर्ने बताए । ‘यहाँ कसैले पनि व्यक्तिको नाममा गराउँन मिल्दैन’ उनले भने ‘यो राज्यको नाममा हुनुपर्दछ ।’ यहाँको स्थानीय सरकारले आफ्नो कब्जामा लिन नसकेपछि हामीले यो कदम चाल्न बाध्य भएको उनको भनाई थियो ।
उनका अनुसार नेपाल सरकारले निति नियम बनाएर गरिखाने वर्गहरुलाई जग्गा दिन मिल्छ । ‘यसलाई गैरसुकुम्बासीको नाममा र जोताहहरुको र अन्य कुनै पनि संघसंस्थाको गराउन मिल्दैन’ उनले भने । उक्त बोर्डमा लेखिएको छ कोहलपुर नगरपालिका वडा नं. ४ किरणनालामा करोडौँ पर्ने राज्यको जमिनलाई भुमाफियाको गिरोहले सत्ताको पहुँज र पावरको आधारमा गरिएको लुटखसोटप्रति आफ्नो जनसत्ताको गम्भिर ध्यानाकर्षण भएको छ ।
सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्यालयले कोहलपुर नगरपालिका–४ स्थित ६ बिघा जग्गा हचुवामा बाँडेको पाइएपछि यस्तो प्रतिक्रिया दिएको देखिन्छ । पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको ७७, ७८ र ७९ कित्ता नम्बरको जग्गा ४१ जनालाई पहुँचका भरमा जग्गा वितरण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्