नरैनापुरमै सर्पदंशको उपचार गरिने



कृष्ण ओली । नरैनापुर (बाँके) ।

प्रदेश सांसद कृष्णा केसी (नमूना)ले सर्पदंश उपचारका लागि स्वास्थ्य केन्द्रमा पु¥याएका मेडिकल साम्रगी ।

बाँकेको नरैनापुरमा सर्पदंश उपचार केन्द्र स्थापना गर्ने तयारी गरिएको छ । गाउँपालिको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशका बिरामीहरुको उपचार गर्नेगरी तयारी थालिएको हो । त्यसको लागि आवश्यक मेडिकल साम्रगीहरु बुधबार नै प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी ‘नमूना’ को पहलमा पहिलोपटक नरैनापुरमा नै सर्पदंशका बिरामीहरुको उपचार शुरु हुन गइरहेको हो । सर्पदंशका बिरामीहरुको उपचार गर्ने क्रममा चाहिने आवश्यक मेडिकल साम्रगी बुधबार सांसद नमूनाले बुटवलबाट ल्याएर स्वास्थ्य केन्द्रलाई बुझाएकी छन् ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयबाट उक्त साम्रगीहरु आफैं ल्याएर नरैनापुरको स्वास्थ्य केन्द्रसम्म पु¥याएकी हुन् । एन्टीस्नेक भेनम औषधी बाहेक त्यो औषधी प्रयोग गरेर उपचार गर्ने अन्य मेडिकल सामग्रीहरु ल्याएको छ । एन्टीस्नेक भेनम औषधी भने नेपालगञ्जस्थित भेरी अस्पतालबाट आवश्यकता अनुसार ल्याउने व्यवस्था मिलाइएको सांसद नमूनाले जानकारी दिइन् । सर्पले टोक्दा समयमै उपचार नपाएर यहाँका मानिसहरुले वर्षेनी अकालमा नै ज्यान गुमाउने गरेका थिए ।

‘गत वर्षको वर्षातको समयमा समेत सर्पले टोकेका केही मानिसहरुलाई उपचार अभावमा बचाउन सकिएन’ सांसद नमूनाले भनिन्,– ‘अब कसैले उपचार अभावमा ज्यान गुमाउन नपरोस् भनेर प्रदेश सरकारसँग सहकार्य गरेर सर्पदंश उपचार गर्ने सामग्री ल्याएकी हुँ ।’ वर्षात् शुरु भइसकेकाले अब सर्पले टोकेका बिरामीहरु आउने भएकाले केही दिनमा नै मेसिनहरु जोडेर उपचार शुरु गरिने उनले जानकारी दिइन् । ‘प्रदेश सरकारले सर्पदंश उपचारको लागि डाक्टरहरुलाई तालिम समेत दिइसकेको छ’ उनले भनिन्, ‘तालिम बुधबार सकिएकाले बिहीबारबाट डाक्टरसाप आएर मेसिन जडान लगायतका तयारी गर्नुहुनेछ ।’

स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार गर्नको लागि आवश्यक पर्ने मनिटर, अक्सिजन सिलिण्डर, औषधी लगायतका ९ वटा विभिन्न मेडिकल सामग्रीहरु सांसद नमूनाले बुटवलबाट सिधैं नरैनापुर पु¥याएकी हुन् । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सर्पदंशका बिरामीहरुको उपचार शुरु हुन लागेकोमा खुशी व्यक्त गरे । ‘मैले विगतदेखि नै सांसद नमूनालाई सर्पदंश उपचार केन्द्रको लागि पहल गरिदिन आग्रह गरेको थिए’ उनले खुशी हुँदै भने, ‘उहाँको प्रयास तथा पहलमा नै अब सर्पले टोकेका बिरामीहरुले यही उपचार पाउनेछन् ।’ यसको लागि आवश्यक पर्ने अन्य सहयोग गर्न गाउँपालिका तयार रहेको उनले बताए । ‘चाँडो उपचार नपाउँदा सर्पदंशका बिरामीहरुले अकालमा ज्यान गुमाउनुपथ्र्यौै’ अध्यक्ष शाहले भने, ‘सांसद नमूना बहिनीले आफै आवश्यक सामग्री लिएर नरैनापुर आउनुभयो हामी खुशी छौं ।’ प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना हुने सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर बाहेकका अन्य सबै सेवाहरु उपलब्ध हुने डा. सागर पन्तले जानकारी दिए । केही साताअघि स्वास्थ्य केन्द्रमा चिकित्सकको रुपमा पुगेका उनले सर्पदंश उपचारका लागि तालिम लिइसकेका छन् ।

त्यहाँ उनको अगुवाईमा नै सर्पदंशका बिरामीहरुको उपचार हुनेछ । गम्भिर खालका बिरामीहरुलाई भने तत्कालै नेपालस्थित भेरी अस्पतालमा पठाइने व्यवस्था मिलाइएको छ । यहाँका मानिसहरुलाई सर्पदंशको उपचार गर्न नेपालगञ्जमा रहेको भेरी अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको छ । वर्षात्को समयमा नेपालगञ्ज पुग्न समय लाग्ने भएकाले मानिसहरुको ज्यान जान थालेपछि नरैनापुरमा नै छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउन लागिएको सांसद नमूनाले बताइन् । ‘यसका लागि आवश्यक पर्ने अन्य मेडिकल साम्रगीहरु आउन बाँकी रहेको छ’ उनले भनिन्, ‘तत्काल सेवा शुरु गर्नुपर्ने भएकाले केही साम्रगीहरु ल्याइएको हो । अन्य साम्रगीहरु समेत क्रमश ल्याइने छ ।’ गत वर्ष मात्रै नरैनापुरमा सर्पदंशको समयमा नै उपचार नपाउँदा चार जनाले मृत्यु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २५ गते बिहीबार