चरेश सहित दुई जना पक्राउ



कोहलपुर :

लागु औषध चरेस सहित दुई जना पक्राउ परेका छन् । सोमबार दिउँसो दुई जना व्यक्ति चरेस सहित रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका १२ मा पक्राउ परेका हुन् ।

अन्दाजी २२ दशमलब ५ के.जी. चरेश सहित गुल्मी र रुकुम पूर्वका दुई जना पक्राउ परेको  प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुल्मी जिल्लाको मदाने गाउँपालिका ७ का २९ वर्षीय सेघराज गिरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका ८ बस्ने ३५ वर्षीय रतिमान दमाई रहेका हुन् ।

५ नं प्रदेश प्रहरी ब्युरो नपालगञ्जबाट खट्टिगयको पहरी निरिक्षक प्रमोद क्षेत्रीको कमान्डमा पक्राउ गरिएको हो । दुवैजनालार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २२ गते सोमबार