बाघको छालासहित घर्ती पक्राउ



कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमबाट प्रहरीले बाघको छाला र हड्डीसहित एक जनालाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले शनिबार बाघको छाला र हड्डीसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडा नम्बर १ सिमलघारी बस्ने ४६ वर्षिय नवराज घर्ति रहेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । ‘आफ्नै घरको मकै बारीमा लुकाईछिपाई राखेको अवस्थामा टाटेपाटे बाघको छाला र हड्डी बरामद गरिएको हो’ उनले भने, ‘त्यसमा एक थान छाला र १२ किलो हड्डी रहेको छ ।’ ब्यूरो टोलीले थप अनुसन्धानका लागि छाला र हड्डीसहित नियन्त्रणमा लिइएका घर्तीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

‘बरामख गरिएको छाला पाटे बाघको हो की होइन भनेर अनुसन्धानपछि मात्र खुल्ला’ प्रहरी नायब उपरीक्षक खड्काले भने, ‘निकुञ्जसँग समन्वय गरेर अनुसन्धान अगाडि बढाएका ‘निकुञ्जसँग समन्वय गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’

बरामद गरिएको छाला र हड्डी कहाँबाट ल्याइएको हो र पाटे बाघको हो की होइन भनेर अनुसन्धान जारी रहेको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । घर्तीलाई ग्राहक बनेर गएको प्रहरी टोलीले छाला र हड्डीसहित नियन्त्रणमा लिन सफल भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २१ गते आइतबार