कोहलपुर :
पर्वत समाज बाँकेले बाँके र बर्दियाका विभिन्न क्षेत्रमा कार्यरत पर्वतबासीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । मंगलबार एक कार्यक्रमका बीच समाजले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
कोहलपुर नगरपालिकाको प्रेम नगरस्थित समाजले निर्माण गरेको शिब महादेव मन्दिरमा आयोजित कार्यक्रममा दुवै जिल्लामा महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
पर्वत जन्मस्थान भइ बाँके र बर्दियामा कार्यरत उनीहरुको सम्मान गर्नको लागि कार्यक्रमको आयोजना गरिएको पर्वत समाज बाँकेले जनाएको छ । उक्त कार्यक्रमका फोटो हेर्नुहोस
प्रकाशित मिति : २०७७ असार १६ गते मंगलबार























प्रतिक्रिया दिनुहोस्