नागरिकता सिफारिस निःशुल्क



बाँसगढी ।
बारबर्दिया नगरपालिकाले नागरिकता सिफारिस निःशुल्क गर्ने निर्णय गरेको छ । वडा कार्यालयले नागरिकता बनाउन आवश्यक पर्ने सिफारिस यसअघि लिदै आएको थियो । सिफारिस शुल्क बाफतको तीन सय पचास रुपैयाँ वडाले लिदैं आएकोमा अबदेखि नलिने नगरपालिकाले निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारु ‘कबिर’ ले नागरिकताको सिफारिसमा लिदैं आएको शुल्क खारेज गरिएको बताए । ‘नागरिकहरुबाट नागरिकता सिफारिस दिदाँ लिदै आएको शुल्क नलिने निर्णय गरेका छौं’ उनले भने, ‘अबदेखि सिफारिस लिदाँ वडा कार्यालयले शुल्क लिने छैनन् ।’ त्यसैगरी बारबर्दिया नगरपालिकाले कार्यालय खुल्ने समय समेत थप गरेको छ ।

अबदेखि विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म नगरका कार्यालयहरु खुल्नेछन् । ‘यहाँबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित बनाउन र नगरबासीहरु सुविधा प्रदान गर्न कार्यालयको समय हेरफेर गरिएको छ’ नगर प्रमुख थारुले भने, ‘अब नगरभित्रका कार्यालयहरु विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खुल्छन् ।’

आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि नगरपालिकाले ७८ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको नगर प्रमुख थारुले जानकारी दिए ।

विनियोजित रकम मध्ये संघिय सरकारबाट हस्तान्त्ररित कार्यक्रमका लागि २८ करोड ७५ लाख, प्रदेश सरकारबाट हस्तान्त्रीत कार्यक्रमका लागि २६ करोड ३ लाख ५० हजार, अनुमानित योजनाको दायित्व हस्तान्त्ररण ६ करोड ३७ लाख र बाँकी नगरपालिकाको स्रोत रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १४ गते आइतबार