बन्दाबन्दीमा मानिस ओर्साने सिपाई



ईश्वरी पौडेल ।

कोरोना कहर बाँकी नै छ । दिनप्रतिदिन संक्रमित पनि बढिरहेका छन् । कोरोनाका कारण र बिना कारण मृत्यु हुनेको संख्या बढ्दो छ । बन्दाबन्दी भएको पनि तीन महिना पुगिसक्यो । अझै कहिलेसम्म कोरोनाको महामारी रहिरहने हो, निश्चित छैन । के गाउँ, के सहर । धनी हुन् या गरिब । शासक हुन कि, जनता । सबैलाई बन्दाबन्दी केही हदसम्म छोएकै छ । तर बन्दाबन्दी निम्न वर्गलाई गलाको पासो भएको छ । गर या मरको अवस्थामा छन् । उनीहरुको लडाइँ भोकसँग चलिरहेको छ । सरकारको ‘कोही भोको पर्दैन कोही पनि भोकले मर्दैन’ नाराले हावा खाएको छ । यो वीचमा अग्र मोर्चामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स चालक तथा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरु जोखिम मोलेर कोरोना विरुद्धको लडाईँ लडिरहेका छन् ।

कैलालीको शुक्लाफाटा नगरपालिका स्थायी घर भएका सागर कुमार रखेल । अहिले अहिले कोहलपुर नगरपालिका वडा नम्बर १२ को चप्परगौडीमा बस्दै आएका छन् । उनी अहिले जिविकोपार्जनको लागि अटो चलाउँछन् । कोहलपुरमा बसेर अटो रिक्सा चलाउन थालेको एक वर्ष भयो । ७ जनाको परिवार उनले अटो रिक्सा चलाएरै धानिरहेका छन् । आमा बुबा कैलालीमा बस्छन् । छोराछोरी उनी कोहलपुर अटो रिक्सा चलाउँछन् भने श्रीमान सरकारी सेवाको शिलशिलामा नेपालगञ्जमा छिन् । सागरकी श्रीमती पनि नेपाली सेनामा कार्यरत छिन् । उनी पनि पूर्व सैनिक हुन् ।

नेपाली सेनामा ११ वर्ष नोकरी गरेका थिए उनले । सेवा गर्ने शिलशिलामा विदेश जानु पर्ने भएपछि राजिनामा दिए । भएको नोकरी छोडेपछि सागर कोहलपुरमा अटो रिक्सा चलाउन थालेका हुन् । बैकमा लोन लिएर अटो चलाउन शुरु गरे । अटो चलाउन थालेको पनि एक वर्ष नाघिसकेको छ । काम राम्रै चलिरहेको थियो । कमाई समेत राम्रै थियो । त्यही बेला कोरोना कहरले काम रोकियो । चैत्र ११ गते नेपाल सरकारले लकडाउन गरेपछि करिब दुई महिना बिना काम घर मै बसे । पछि भने उनले अलपत्र नागरिकको उद्धार गर्ने काम गरे । त्यो हो बन्दाबन्दीको बीचमा सवारी नपाएर गन्तव्यमा पुग्न नसकेकालाई गन्तव्यमा पु¥याउँने । क्वारेन्टिनदेखि घरसम्म । सीमादेखि क्वारेन्टिन र होम क्वारेन्टिनसम्म । उनको दुई जना युवाहरुको समूह नै छ । समूहको नेतृत्व गर्छन् सागर । उनीहरुले नेपालभित्रका विभिन्न जिल्लाबाट आएका मानिसहरुलाई गन्तव्यमा पु¥याउने काम गरिरहेका छन् । बाँकेबबाट बर्दिया र सुर्खेतसम्म पुग्छन् उनीहरु । पूर्ण स्वास्थ्य सुरक्षा सावधानीका साथ । अटो बढीमा दुई जनालाई लैजाने गरेका छन् ।

प्रत्येक दिन पूर्ण सेनिटाइज हुन्छ अटो । आफूले पीपीई सेट लगाउँछन् । उनीहरुले अहिलेसम्म कैयो मानिसहरुलाई तीन जिल्लाका विभिन्न बस्तीसम्म सेवा दिइरहेका छन् । ‘हामीले मानिस ओसार्ने सेवा सुरु गरेको करिब १ महिना भयो । हामी केही युवाहरु निरन्तर सेवामा खटिएका छौ ।’ उनले भने, ‘जोखिम मोलेर काम गरिरहेका छौ । योे सेवा रुपैयाँ कमाउने भन्दा पनि सेवा गर्ने अवसरमा रुपमा हामीले लिएका छौ ।’ उनका अनुुसार पहिले मानिसहरु खोज्नु पर्ने अवस्था भएपनि अहिले भने फोन आउने गरेको छ । आफूहरुलाई भ्याईनभ्याई भएको सागर बताउँछन् ।

 

फोटो क्यासनः बाँके बर्दियाको सीमा मानखोला छेउबाट क्वारेन्टिनमा मानिसहरु लैजाँदै अटो रिक्सा ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

  • No tags available
प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रबार