मृत्युपछि कोरोना पुष्टि भएकी बैजनाथकी महिलाको शवको अन्त्यष्टि गर्दै सेना



कोहलपुर :

उपचारका क्रममा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएकी बैजनाथकी महिलाको शवको अन्त्यष्टि सेनाले गर्ने भएको छ ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारत ४६ वर्षीय महिलाको सोमवार मृत्यु भएको हो। आइसोलेसनमा उपचार गराइरहेकी बैजनाथ गाउँपालिका ६ की महिलामा मृत्युपछि कोरोना पोजेटिभ देखिएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार मृतक महिलाको हिजो साँझ आएको ल्याब रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो।

दायाँ फोक्सोमा समस्या देखिएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो। भर्ना भएपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि पठाइएको थियो।

तर, कोरोनाको रिपोर्ट आउनुभन्दा अगाडि नै महिलाको मृत्यु भयो। शवको अन्त्यष्टिको तयारी सेनाले गरिरहेको सिडिओ करुम्वाङले जानकारी दिए।

यसअघि बाँकेको नरैनापुरमा नै एक युवकको कोरोनाका कारण मृत्यु भइसकेको छ। कोरोनाबाट यसअघि नै १९ जनाको मृत्यु भइसकेको छ। अधिकांशको मृत्युपछि कोरोना पुष्टि भएको हो।

  • No tags available
प्रकाशित मिति : २०७७ असार ३ गते बुधबार