कोहलपुर ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत जेठ २२ गते रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट उपचारका लागि आएका एक वृद्धमा कोरोना पुष्टि भएको हो ।
अस्पतालले ती वृद्धको २२ गते नै स्वाब संकलन गरेर पीसीआर जाँचको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको थियो ।
आज बिहान आएको रिपोर्ट अनुसार बिरामी कोरोना संक्रमण पुष्टि भएको अस्पतालका उप–निर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ जेठ ३२ गते आइतबार








प्रतिक्रिया दिनुहोस्