कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकाका सात जनाले कोरोना संक्रमणलाई जितेका छन् । वडा नम्बर ६ मा रहेको आइसोलेसन सेन्टरमा उपचाररत उनीहरुले कोरोना संक्रमणलाई जितेर घर फर्किएका हुन् । उनीहरुलाई गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले एक कार्यक्रमका बीच फूलमाला र अविर ग्रहण सहित विदाई गरेका थिए ।
वडा नम्बर १ का २ जना, वडा नम्बर २ का १, वडा नम्बर ४ का २ र वडा नम्बर ६ का दुइ जना रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष ठकुरीका अनुसार अनुसार उनीहरुको दोस्रो पटक पनि कोरोना रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने शर्त सहित घर पठाइएको हो । बैजनाथका विभिन्न वडाका ती संक्रमितहरुलाई विदाई कार्यक्रममा बैजनाथ गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
१३ जना संक्रमित थपिए
बिहीबार बाँकेमा थप १३ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये चार जना बैजनाथ गाउँपालिकाका ३ का हुन् । यस्तै कोहलपुर नगरपालिकाका २ का एक १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोहलपुरमा कोरोना संक्रमितको संख्या चार पुगेको छ । बुधबार मात्रै कोहलपुरमा पहिलो पटक वडा नम्बर १२ का ३ जना कोरोना संक्रमित भेटिएका थिए । उनीहरु वडा नम्बर ९ मा रहेको कृषि विकास बंैकको तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरमा उपचाररत छन् । यस्तै राप्तीसोनारी गाउँपालिकाका ७ का २२ वर्षीय महिला सहित २०, २२, २३ र २४ वर्षका पुरुषमा कोरोना पुष्टि भएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।
यस्तै राप्तीसोनारी ६ का १७ वर्षीय पुरुष रहेका छन् । भने खजुरा गाउँपालिकाको वडा नम्बर १ र ७ का ३७ र १८ वर्षका पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । ‘हाम्रो गाउँपालिकामा पहिलो पटक सात जनाले कोरोना जितेका छन् । ती सबै पुरुष हुन् । पछिल्लो पटक थपिएका थप चार जना सहित सात जना आइसोलेसन सेन्टरमा उपचारत छन् ।’ अध्यक्ष ठकुरीले भने । बैजनाथ गाउँपालिकामा १३ जनाको आरडिटि परिक्षण गरिएकोमा ४ जनामा कोरोना संक्रमण देखिएको उनको भनाई छ । सबै संक्रमित बैजनाथ ३ का हुन् ।









प्रतिक्रिया दिनुहोस्