कोहलपुर :
बाँकेमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण देखिएको हो । यहाँका चार स्थानीय तहका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालाले जनाएको छ ।
बाँके संगै रोल्पाका १४ जनामा रहेका छन् । नयाँ संक्रमितमध्ये कोहलपुर नगरपालिका २ का १९ वर्षी पुरुष रहेको बताइएको छ । यो सँगै कोहलपुरमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । बुधबार पहलिो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अन्य संक्रमतिमा खजुरा १ र ७ का ३७ र १८ वर्षीय पुरुष र राप्तीसोनारी ७ का २२ वर्षीय महिलासहित २०, २२, २३ र २४ वर्षका पुरुष, राप्तीसोनारी ६ का १७ वर्षीय पुरुष र बैजनाथ ३ का ४ जना पुरुष रहेको अस्पतालले जनाएको हो । रोल्पाको सुनिल स्मृती गाँउपालिकाका अन्तर्गत विभिन्न वडाका १ महिला र १३ जना पुरुष रहेका छन् ।











प्रतिक्रिया दिनुहोस्