बाँकेमा आइसोलेसनबाट भागे कोरोना संक्रमित युवा



नेपालगञ्ज ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर एक साइगाउँको आइसोलेसनबाट एक व्यक्ति फरार भएका छन् ।

जानकी गाउँपालिका १ नम्बरको श्री माध्यमिक बिधालय जोगागाउ आइसोलेसनमा बसेका कोरियनपुरका निवासी ३५ वर्षका कोरोना संक्रमित व्यक्ति फरार भएका हुन् ।

फरार उनको खोजीको लागि बिहान चार बजे देखि नै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीले उनी भारत तिर भागेको अनुमान गरेको छ । फरार व्यक्ति संग सम्पर्क रहेकाहरु १० जनाको हिजो मात्र स्वाब लिइएको थियो ।

ऊनी १ महिना अघि नेपाल आएर कोरियनपुर बसेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २७ गते मंगलबार