रुपन्देही/ रुपन्देहीमा एक युवकले बञ्चरो प्रहार गरी पाँच जनाको हत्या गरेको छन् । जिल्लाको तिलोत्तमा नगरपालिका–१० मैनहवामा सोमबार राती उनले आफ्नै पाँच जना साथीको सामुहिक हत्या गरेको पाइएका हुन् ।
मैनहवाको एक कुखुरा फार्ममा शव फेला परेपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिएका छन । कुखुरा फार्ममै चार जनाको हत्या भएको र अस्पताल लैजाँदै गर्दा एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा चार जना पुरूष र एक महिला रहेका छन । हत्याको कारण खुलिसकेको छैन । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रकाशित मिति : २०७७ जेठ २७ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्