डिल्ली शाही ।
कोरोना संक्रमण फैलिन नदिनका लागि घोषणा गरिएको लकडाउनका कारण यतीबेला विद्यालयमा पठनपाठन बन्द रहेको छ । नेपाल अधिराज्यभरका नेपाल राहत शिक्षक केन्द्रिय समितिले आफ्ना शिक्षकहरुलाई पठनपाठनलाई निरन्तरता दिनका लागि एक हप्ते भर्चुअल तालिम सञ्चालन गरेको हो । शुक्रबार शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी धर्तिले तालिमको उद्घाटन गरेकी थिइन् ।
उद्घाटन सत्रमा बोल्दै धर्तीले नेपाल राहत शिक्षक केन्द्रिय समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंग भएको तिन बुँदे सम्झौता पूर्ण रुपमा कार्यन्वयन हुने बताइन् । उनले नेपालमा निजी विद्यालयले क्वालिटी र सामुदायिक विद्यालयले नन क्वालिटि शिक्षा दिएको छ भन्ने धारणबाट मुक्त गर्नका लागि राहत शिक्षकहरुलाई आग्रह गरिन् । ‘लकडाउनका कारणले विद्यार्थीहरुले पठनपाठन पाएका छैनन’ उनले भीनन् ‘सम्पुर्ण विद्यालय शिक्षकहरुले आफ्नो विद्यार्थी कुन सञ्चार माध्यामको पहुँचमा छ भन्ने कुराको तथ्थांक निकालेर असार १ गतेदेखि र्भच्यूल कक्षा सञ्चालन गर्ने समेत अनुरोध गरिन् ।
यस्तै नेपाल राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना, शिक्षक परिचालन, बालबालिकालाई अध्यापन गराउनु मुख्य समस्या रहेको बताए । समस्याको समाधान र उपायाहरुको लागि तालिमहरु सञ्चालन गरिरहेका छौं उनले भने नेपाल अधिराज्यमा अहिले ४० हजार राहत शिक्षक रहेका छन् । तालिम लिनका लागि १५ सय ५० जनाले भर्चूअल तालिम लिन्छन भने प्रत्येक दिन १० बजेदेखि १२ बजेसम्म तालिम सञ्चालन हुने अधिकारीले बताए ।
त्यस्तै शिक्षक महासंघ कोहलपुरका अध्यक्ष तथा नेपाल राहत शिक्षक समिति प्रदेश न ५ का अध्यक्ष राम प्रसाद चापागाईले प्रविधिमार्फत बालबालिकालाई कक्षा सञ्चालन गर्नेका लागि सहज गराउने मुख्य उदेश्यका साथ तालिम सञ्चालन गरिएको बताए । कक्षा सञ्चालन गर्नेका लागि माइक्रोसप्ट वर्ड, पावर प्वाइन्ट, गुगल कक्षा, अनलाइन कक्षा जस्ता विषयमा तालिम दिइनेछ उनले भने तालिम प्रदान गर्नेका लागि बासु अधिकारी काठमाण्डौं, सकुन्तला सोति कास्की, कुमार राई उदयपुर, शोभा कडहरीया पाल्पा, लोमस निरौला मोरङ्ग, देवराज खनाल सुनसरी, संविधान लामिछाने कास्की, प्रकाश रिजाल कास्की लगायतले तालिम दिने छन् । त्यसपछि पुनः एडभान्स तालिम सञ्चालन गर्ने उनको भनाई थियो । 
यस्तै कोहलपुर नरपालिका १ मा रहेको कृष्ण माध्यामिक विद्यालयका प्रानाध्यापक तथा नेपाल राहत शिक्षक केन्द्रिय समितिका बरिष्ठ सह अध्यक्ष विरेन्द्र मल्ले तालिम पश्चात भर्चुअल कक्षा सञ्चालन तथा बैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने सकिने बताए । यो समयमा नेपालमा कुनै न कुनै प्रविधिमा पहुँच रहेको छ उनले भने नेपालमा हिमाल, पहाड र तराईमा कुन विधिबाट गर्ने सकिन्छ भन्ने बारेमा छलफल भैरहेको छ । उक्त भर्चुअल कक्षा सञ्चालन गर्नका लागि सबैधन्दा अभिभावकको महत्वपूर्ण भूमिका रहने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्