कोहलपुर ।
नेपाल राहत शिक्षक केन्द्रिय समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंग भएको तिन बुँदे सम्झौता पूर्ण रुपमा कार्यन्वयन हुने शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी धर्तिले विश्वास दिलाएकी छिन् । शुक्रबार नेपाल राहत शिक्षक केन्द्रिय समिति(ICT) विभागले आयोजना गरेको र्भच्यूल ICT तालिमको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
नेपालमा निजी विद्यालयले क्वालिटी र सामुदायिक विद्यालयले नन क्वालिटि शिक्षा दिएको छ भन्ने धारणबाट मुक्त गर्नका लागि राहत शिक्षकहरुलाई उनले आग्रह गरिन् । ‘लकडाउनका कारणले विद्यार्थीहरुले पठनपाठन पाएका छैनन’ उनले भीनन् ‘सम्पुर्ण विद्यालय शिक्षकहरुले आफ्नो विद्यार्थी कुन सञ्चार माध्यामको पहुँचमा छ भन्ने कुराको तथ्थांक निकालेर असार १ गतेदेखि र्भच्यूल कक्षा सञ्चालन गर्ने समेत अनुरोध गरिन् ।

यस्तै नेपाल राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना, शिक्षक परिचालन, बालबालिकालाई अध्यापन गराउनु मुख्य समस्या रहेको बताए । समस्याको सामधानका लागि नेपाल भरीकै राहत शिक्षकहरुलाई र्भच्यूल बैठक तथा तालिम मार्फत असार १ गतेबाट बालबालिकाहरुलाई अध्यापन गराउने छौं उनले भने कुन बालबालिका कुन अवस्थामा छ र कुन तरिकाबाट अध्ययन गर्ने सक्छ भन्ने सम्मको तथ्थांक निकाली बालबालिकाहरुलाई अध्यापन सुरु गर्नेछौं । तर आर्थिक वर्ष २०७७÷७८ को बजेटमा राहत शिक्षकहरुलाई नसमेटिएकोले लकडाउन खुलेपछि फेरी आन्दोलनमा जाने उनले चेतावनी दिएका थिए ।
यस्तै कोहलपुर नरपालिका १ मा रहेको कृष्ण माध्यामिक विद्यालयका प्रानाध्यापक तथा नेपाल राहत शिक्षक केन्द्रिय समितिका बरिष्ठ सह अध्यक्ष विरेन्द्र मल्ले विपद्को समयमा पनि र्भच्युल तालिम र बैठकमा सहभागि हुने सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्