बाँके जिल्लामा कोरोना संक्रमण फैलिदै जान थालेको छ ।
बिहीबार मात्र थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन् । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा २ र जानकी गाउँपालिका ४० जना पुरुष गरी ४२ जनाका पोजेटिभ देखिएको हो ।
जानकीमा पहिलोपटक कोरोना संक्रमितहरु भेटिएका हुन् ।

प्रकाशित मिति : २०७७ जेठ २२ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्