एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौ :

नेपालमा आज सोमबार बिहान एकैपटक थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै देशभर कोरोना संक्रमितको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सोमबार पुष्टि भएका संक्रमित धनुषाको नगराइन, कामाडौंको टोखा र बुढानिलकण्ठ, बाराको कलैया, रौतहटको राजपसर फरहदवा र इशानाथ, सप्तरीको डाक्नेश्वरी, बर्दियाको वासगढी, बाँकेको दुधवा र साप्ती सोनारी, बाराको गढिमाई, दैलेखको नारायण ढुंगेश्वर, र गुराँस गाउँपालिकाका रहेको मन्त्रालयले जनाएको छ।

रौतहटमा २६,बारामा २३, दैलेखमा ७, बाँकेमा ४, धनुषामा ३, कपिलवस्तुमा ३, सप्तरीमा २ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ ।

संक्रमित ७२ मध्ये दैलेखकी एक महिलाबाहेक सबै पुरुष हुन्।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १२ गते सोमबार