कोहलपुर :
बाँकेको नरैनापुर गाउँपालिका ५ मा रहेको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएपछि उनी सँगै रहेका अन्य नागरिकलाई अर्को क्वारेन्टाइनमा सारिएको छ ।
आइतबार विहान वडा नम्बर ५ मा रहेको क्वारेन्टाइनमा एक युवकको मृत्यु भएको थियो ।
उनी सँगै ३८ जना बस्दै आएका थिए । ईलाका प्रहरी कायालयका अनुसार ३८ जनालाई जयकिसन माविमा रहेको क्वारेन्टाइनमा सारिएको हो । ईन्चार्ज मान बहादुर विसीले त्यहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अन्यलाई पनि अर्को ठाउँमा सारिएको बताए ।
त्यहाँ अघि नै ६० जना बस्दै आएका छन् । नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोइन खाँले गाउँपालिकामा रहेका जम्मा १२ वटा क्वारेन्टाइनमा ७ सय ६९ जना बसिरहेको जानकारी दिएका छन् ।
उनका अनुसार उक्त स्थानमा यसअघि ६० जना रहेकोले उनीहरुलाई टेन्टमा राखएिको छ ।
प्रकाशित मिति : २०७७ जेठ ५ गते सोमबार










प्रतिक्रिया दिनुहोस्