धौलागिरी सप्लायर्स द्वारा बाँसगढी नगरपालिका दुई वडालाई सहयोग



मधुर पौडेल 

बर्दिया जिल्लाको बाँसगढी नगरपालिकामा रहेको धौलागिरी सप्लायर्सद्वारा दुई वडा कार्यालयलाई सहयोग गरेको छ । धौलागिरी सप्लायर्सका प्रोप्राइटर प्रकाश पौडेलले बाँसगढी नगरपालिका ४ का वडा अध्यक्ष रजमान र ५ का वडा अध्यक्ष नरेन्द्र गिरिलाई संयुक्त रुपमा राहत सहयोग गरेका हुन् ।

पौडेलले कडानका कारणले अति विपन्न परिवार, श्रमीक, हुँदा्खाने वर्गहरुलाई राहत सहयोग गरेको बताए । उनका अनुसार यति बेलाको समय भनेको हुनेखाँने वर्गले सहयोग गर्ने हो । दुई वडा कार्यालयलाई ८४ बोरा चामल ,८४ पोका नुन ,८४ लिटर तेल,८४ किलो दाल सहयोग गरेको हुँ उनले भने ।

यस्तै वडा अध्यक्ष गिरीले विभिन्न संघसंस्था, तथा व्यक्तित्वहलाई सहयोगको लागि धन्यवाद व्यक्त गरे । उनले भने देश ने एउटा विपदमा परिरहेको बेलामा सहयोग गर्नु भनेको ठुलो पुण्य कमाउनु हो । त्यसैले यहाँहरुको सहयोगले वडामा बस्नुभएका अति विपन्न वर्गहरुकोलाई राहत हुने थियो त्यसैले कृपया सहयोग गरिदिन समेत उनले आग्रह गरे ।

प्रकाशित मिति : २०७७ वैशाख ३० गते मंगलबार