विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) संक्रमण फैलिन नदिन अहिले लकडाउन गरिएको छ नेपालमा । राज्यका अन्य निकायजस्तै वडा कार्यालयमार्फत समेत विभिन्न गतिविधी भइरहेको अवस्था छ । कोरोना संक्रमण फैलिन नदिन कस्ता गतिविधि र नेपाल सरकारले घोषणा गरेका कार्यक्रमहरु वडा सरकारले कसरी कार्यान्वयन गरीरहेको छ भनेर मिसन टुडे राष्ट्रिय दैनिकका समाचारदाता डिल्ली शाहीले बाँके कोहलपुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गोपी खनालसँग गरेको संक्षिप्त अंश :
१. विश्वमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि आफ्नो वडामा के–के काम गरिरहनुभएको छ ?
- हामीले हाम्रो वडामा विभिन्न कामहरु गरिरहेका छौं । विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) बाट बच्नका लागि तीन वटा समितिहरु निर्माण गरेका छौं । लकडाउन पालना गराउनका लागि स्वंयम्सेवक टिम, स्वास्थ्य व्यवस्थापक समिति, प्राथामिक स्वास्थ्य उपसमिति निर्माण गरेका छौं । वडा कार्यालयका लागि यहाँका स्थानीय तथा टोल सुधार समितिहरुमार्फत लकडाउन पालना गरिरहेको अवस्था रहेको छ । प्रत्येक टोलमा पनि लकडाउन पालना गराउनका लागि उपसमितिहरु पनि निर्माण गरेका छौं ।
२. नेपाल सरकारले घोषणा गरेका निर्णयहरु कार्यान्वयन भएका छन् की छैनन् ?
- नेपाल सरकारले घोषणा गरेका कार्यक्रमहरु राम्रा रहेका छन् । भाडामा बस्नेहरुको लागि भाडा छुट भन्ने थियो तर हाम्रो वडामा भाडामा बस्ने व्यक्तिहरुको तथ्यांक नआएकोले यहाँ छैनन् यदि भएको भए उनीहरुको भाडा छुट हुनेछ । ज्याला मजदुर, विपन्न वर्गका मानिसहरुलाई राहत वितरण भैरहेको छ । अन्य राहतको कार्यक्रममा भने कोहलपुर नगरपालिकाले दिएको निर्देशनमा राहत कार्यक्रम पूर्ण रुपमा कार्यान्वयमा हुनेछ ।
४. राहत वितरण गर्दा अति विपन्न वर्ग, मजदुर लगायतहरुको हातमा राहत पुगेन भन्ने गुनासो छ नी ?
- अहिले पछिल्लो अवस्थामा यस विषयमा विभिन्न गुनासाहरु आएका छन् यद्यपी हाम्रो वडामा भने यस्तो गुनासो आएको छैन । हामीले पहिलो पटक ८४ जनालाई राहत वितरण गरेका थियांै तर जसमध्ये ८ जना अति विपन्न वर्गका अपाङलाई समेत राहत वितरण गरेका हौं । त्यस्तै दोस्रो चरणमा राहत वितरण गर्ने क्रममा प्रत्येक वडा सदस्यहरुलाई प्रत्येक टोलमा गएर तथ्यांक अभिलेखिकरण गरी उनीहरुको घरको अवस्थालाई बुुझि तथ्यांक निकालेका छौंं । जसमा ४ सय ४१ जनाको तथ्थांक रहेको छ । अझै पनि लकडाउन लम्बिदै गयो भने पहिले राहत पाएका मानिसले पुनःराहत दिनुपर्ने अवस्था आउन सक्छ ।
३. भारतबाट लुकिछिपी आएको भन्ने सुनिन्छ तर यहाँहरुको वडाहरुमा पनि आएका छन् की छैनन् ?
- अहिलेसम्म आफ्नो वडामा लुकीछिपी आएका छैनन् । कोहलपुर नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्र भित्र सबै नाकाहरु शिल गरिसकेको छ । हामीले पुनः आफ्नो वडामा पनि आफ्ना सिमाक्षेत्रमा कडाईका साथ स्वयंसेवकहरु खटिरहेका छन् । तर लकडाउन भएको एक हप्ताको समयमा भारतबाट आएका दुई जना आएका थिए र उनीहरुलाई होम क्वारेन्टीनमा बस्नुहोला भनी निर्देशन दिएर आएका छौं । उनीहरु भारतबाट आएपछि परिवारसँग घुलमील भएपछि पूरै परिवारलाई क्वारेन्टीनमा राख्न नमिल्ने भएपछि सबै परिवारलाई होम क्यारेन्टीनमा बस्न अनुरोध गरेका हौं ।
५. अन्त्यमा के भन्न चाहानुहुन्छ ?
- कोरोना भाइरस (कोभिड—१९) विश्वव्यापी फैलिरहेको छ । नेपाल पनि कोरोना भाइरसबाट अछुतो रहेको छैन । कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि नेपाल सरकारले लकडाउनको विधि अपनाईरहेको छ । विभिन्न सरकारी संस्था र गैर सरकारी संघ संस्थाहरुले कोरोना संक्रमण विरुद्ध अभियान समेत चलाई नेपाल सरकारलाई सहयोग गरिरहेका छन् । त्यस्तै हाम्रो वडामा पनि सबैको सहयोग पाइरहेको महशुस भैरहेको छ । हामीले दिएको निर्देशनलाई वडावासीले पूर्ण रुपमा पालना गरिरहेको अवस्था रहेको छ । अझै पनि सबैलाई लकडाउन पालना गर्ने समेत अनुरोध गर्दछु ।