बाँकेमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या १६ पुग्यो



काठमाडौं ।

बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै बाँकेमा कोरोना भाइरस संक्रमणको उच्च जोखिमयुक्त क्षेत्रको रुपमा रहेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । शनिबार ९० जनाको स्वाब संकलन गरिएको थियो ।- onlinekhabar

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २१ गते आइतबार