मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १९, २०७७
कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको पर्बत समाज बाके द्धारा कोहलपुर नगरपालिकालाई राहत साम्रागी सहयोग गरेको छ । शनिवार पर्बत समाज बाँकेका अध्यक्ष पोष्टराज भुषालले कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतलाई राहत साम्राग्री सहयोग हस्तान्तरण गरेको हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइसरका (कोविड १९) को माहामारीबाट आक्रान्त भइ रोजगारी गुमाएका तथा समस्यामा परेका गरिब तथा मजदुरहरुका लागि राहत सामग्री सहयोग गरेको अध्यक्ष भुषाले बताए ।
उनका अनुसार कोहलपुर नगरपालिकालाई ६५ बोरा चामल, १ सय ३० किलो दाल, ६५ लिटर तेल ,१ सय ३० थान साबुन,१सय ३० किलो नुन राहत सामग्री हस्तान्तरण गरिएको बताए । कोहलपुर क्षेत्रमा रहेका पर्बत समाज बाँकेमा आबद्ध भई सहयोगी सदस्यहरुबाट संकलित उक्त सामग्री कोहलपुर नगरपालिकालाई हस्तान्तरण गरिएको उनको भनाई थियो ।