ईश्वरी पौडेल ।
बाँकेको कोहलपुरमा रहेको शुभ लक्ष्मी स्टोरले कोरोना भाइरसका कारण अलपत्र परेका नागरिकहरुको लागि फलफूल वितरण गरेको छ । लामो समयको कलकडाउनको मारमा परेका नागरिकहरुको सहजताका लागि फलफूल सहयोग गरिएको हो ।केही दिनयता कोहलपुरको चौराहामा विभिन्न जिल्लाबाट हिडेरै आएका नागरिकहरुलाई कोहलपुर नगरपालिकाद्धारा उद्धार र व्यवस्थापनकोे कार्य भइरहेको छ । त्यहाँ आउने गरेका नागरिकहरुलाई विभिन्न व्यक्ति तथा संघ सस्थाहरुले समेत सहयोग गरिरहेका छन् ।
करिब १ सय भन्दा बढीलाई पुग्ने फलफूल राहत स्वरुप सहयोग गरिएको शुभ लक्ष्मी स्टोरका प्रोपाइटर हेमन्त भट्राईले जानकारी दिए । उनका अनुसार विपत्को बेला समस्यामा परेका नागरिकलाई सहज होस भन्नका लागि निःशुल्क सहयोग गरिएको हो ।उनले काउँली, पिउने पानी आलु लगायत सहयोग गरिएको उनको भनाई छ । ‘हामीले विभिन्न व्यक्ति तथा सस्थालाई फलफूल सहयोग गर्दै आएका छौ ।
विपत्तिको बेला सबैको हातेमालो आवश्यक हुन्छ । त्यसैले हामीले सहयोग गरेका हौ । आगामी दिनमा पनि शुभ लक्ष्मी स्टोरले सहयोग गर्नेछ ।’भट्टराईले भने ।यस्तै उनले सम्पूर्ण सहयोग व्यक्तिहरुलाई अलपत्र परेका तथा खान नपाएका नागरिकलाई सहयोग गर्नु पर्ने बताए । चौहारामा अहिले देशका विभिन्न क्षेत्रबाट आउने नागरिकको लागि खानेकुराको व्यवस्था गरिएको छ ।