7 September 2024  |   शनिबार, भदौ २२, २०८१

नेपालगञ्जमा आइसोलेसनमा राखिएका एकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ६, २०७७  

बाँकेको नेपालगञ्जमा नेपालगञ्ज मेडिकल कलेजको आइसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको छ । मेडिकल कलेजका डा. रोमन किदवाईका अनुसार आज बिहान बर्दिया गुलरियाका इसराइल बेहनाको मृत्यु भएको हो ।

दमका बिरामी उनलाई दुई दिनदेखि मेडिकल कलेजको आइसोलेसनको आइसीयुमा राखेर उपचार भइरहेको थियो ।

आइसोलेसनमा राखिएका मृतक बेहनाको कोरोना परीक्षणको लागि स्वाव परीक्षण नभएको डा. किदवाईले बताए । उनका अनुसार अहिले मृतकको स्वाव परीक्षण गर्ने तयारी थालिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आइसोलेसनमा बेहनाको मृत्यु भएको पुष्टी गर्दै स्वाव परीक्षण र शवं कहाँ राख्ने भन्नेबारेमा छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, बैशाख ६, २०७७     12:54:28 PM  |